×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा आठ अर्ब ९३ करोड ३७ लाख राजश्व संकलन, लक्ष्यभन्दा आठ करोड बढी उठ्यो 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा आठ अर्ब ९३ करोड ३७ लाख राजश्व संकलन, लक्ष्यभन्दा आठ करोड बढी उठ्यो 

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक राजश्व कार्यालय विराटनगरले कूल आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ ।  कार्यालयले लक्ष्यभन्दा आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको हो । कार्यालयले सो अवधिमा आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य थियो ।
आव २०७७/७८ मा सङ्कलित राजश्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र  अन्तःशुल्क दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ । सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: