कास्की । आन्तरिक राजश्व कार्यालयले गत आर्थिक वर्षमा राजश्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेन । राजश्व सङ्कलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारीे निषेधाज्ञाले असर पारेका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको उक्त कार्यालयले जनाएको छ । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व उठाएको हो ।
गत आवमा चार अर्ब ८२ करोड २७ लाख ८५ हजार राजश्व उठाउने लक्ष्य लिइएकामा चार अर्ब ६७ करोड ८५ लाख ९५ हजार सङ्कलन भएको कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका कर अधिकृत विजयप्रसाद लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार ९७ दशमलव एक प्रतिशत राजश्व जम्मा भएको छ । उक्त कार्यालय आव २०७६/७७ को तुलनामा भने राजश्व सङ्कलनको लक्ष्य नजीक पुगेको छ । सो आवमा पाँच अर्ब ६१ करोड ६७ लाख राजश्व उठाउने लक्ष्य रहेकामा चार अर्ब तीन करोड ११ लाख मात्र सङ्कलन भएको थियो । जुन लक्ष्य भन्दा २९ प्रतिशत न्यून थियो । कर अधिकृत लामिछानेले राजश्व सङ्कलन सन्तोषजन रहेको बताए ।
आव २०७७/७८ मा आयकर तर्फ दुई अर्ब ८५ करोड राजश्व सङ्कलन भएको छ । जुन लक्ष्य भन्दा बढी हो । दुई अर्ब ७७ करोड ८६ लाख आयकरबाट राजश्व उठाउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । यसैगरी मूल्य अभिवृद्धि करबाट रु एक अर्ब २९ करोड २० लाख, अन्तःशुल्कबाट रु १९ करोड ८५ लाख ६३ हजार, करको ब्याजबाट २८ करोड पाँच लाख ८६ हजार, घरभाडा करबाट पाँच करोड ५४ लाख ९६ हजार, स्वास्थ्य सेवा करबाट १२ लाख २२ हजार र शिक्षा करबाट चार लाख ५३ हजार राजश्व दाखिला भएको सूचना अधिकारी लामिछानेले जानकारी दिए ।
तीस हजार ८०० करदाता थपिए
उक्त कार्यालयमा गत वर्षमा ३० हजार ८९२ करदाता थपिएका थिए । आव २०७६/७७ को असार मसान्तसम्म एक लाख ३४ हजार ६७० करदाता भएकामा गत आवमा ३० हजार ८९२ करदाता बढेर एक लाख ६५ हजार ५६२ पुगेका हुन् । गत असार मसान्तसम्म व्यक्तिगत प्यानमा एक लाख नौ हजार ३५२ र व्यावसायिक प्यानमा ५६ हजार १५८ करदाता दर्ता भएको राजश्व कार्यालयले जनाएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्