काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारलाई ७ बुँदे मागको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको छ । काठमाडौंमा बिहीवार सार्वजनिक यातायात र ट्याक्सीहरु सडकमा तेर्स्याएर महासंघ प्रदर्शनमा उत्रिएको हो । महासंघले कोभिड खोप उपलब्ध गराउने, यातायतको भाडा एवं ट्याक्सीको शुरुवाती कल समयोजन गर्न, मौद्रीक नीतिमा आफ्नो माग समाविष्ट गर्न, २० वर्ष अवधि पुगेका सवारीको अवधि थप गर्न, यातयातको बीमा छुट गर्न र सडक कानून लागू गर्नेलगायतका माग गर्दै सांकेतिक प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमल्सिनाले महासंघको सांकेतिक आन्दोलनलाई सरकारले नसम्झिए सडकमै गाडी राखेर आन्दोलन गर्ने बताउनुभयो । उहाँले सांकेतिक आन्दोलन नसम्झिए सडकमै सवारीसाधन छोडेर हिँड्नुपर्ने दिन नआओस् भन्दै सरकारलाई चेतावनीसमेत दिनुभएको छ ।
उहाँले भन्नुभयो, “शान्तिपूर्ण रुपमा सबै सवारीसाधन घर र ग्यारेजबाट निकालेर सरकारलाई ७ बुँदे मागको ध्यानाकर्षण गाउनका निम्ति सवारी निकालेका छौँ, २० वर्ष पुगेकै नाउँमा सवारीसाधन फ्यांकिनु हुँदैन, वैज्ञानिक नीति र यान्त्रिक चेकजाँच गरेर मात्रै ठिक भए चलाउने र बिग्रिएको भए फाल्नुपर्छ, यो आन्दोलनलाई नसम्झिए सडकमै सवारी छोडेर जान्छौँ, यो कुरा सरकारले बेलैमा सोचोस् ।” वैज्ञानिक किसिमले सवारी साधनको आयु तय गर्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष तिमल्सिनाले आफ्ना सबै माग यथाशीघ्र सरकारले सुनुवाइ गर्नुपर्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्