×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : घाँस मार्नका लागि विषादी छर्कंदै किसान, वनभित्र बनाईएको ट्रि हाउसमा सर्वसाधारणको भीड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : घाँस मार्नका लागि विषादी छर्कंदै किसान, वनभित्र बनाईएको ट्रि हाउसमा सर्वसाधारणको भीड

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कञ्चनपुरको पिपलाडीका किसानले खेतमा लगाएको धानमा उम्रेका घाँस मार्नका लागि विषादी छर्कंदै गरेकोदेखि तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको ट्रि हाउसमा लागेको सर्वसाधारणको भीडसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

कञ्चनपुरको पिपलाडीका किसान खेतमा लगाएको धानमा उम्रेका घाँस मार्नका लागि विषादी छर्कंदै ।

तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको ट्रि हाउसमा सर्वसाधारणको भीड । हरियाली पार्कसहितको उक्त ठाउँमा वनभोज स्थल, रेष्टुरेन्टसमेत बनाउने तयारी छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आइतबार कोरोनाविरुद्धको खोप लगाउन लामबद्ध नागरिक । जिल्लामा ५५ वर्षमाथिका उमेर समूहलाई खोप लगाउन आजदेखि शरु गरिएको छ ।

लगातारको वर्षाका कारण आइतबार पहिरो जाँदा सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने डोटीको झिग्राना सडक अवरुद्ध ।

म्याग्दीको बेनी नगरपालिका– १ रत्नैचौरको फाँटमा रोपाइसँगै रासायनिक मल छर्किंदै कृषक । रत्नेचौर धान र तोरी उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्र मानिन्छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटमा रहको भूमिराज मन्दिरमा बत्ती बाल्नका लागि पुगेका दर्शनार्थी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा साउन महिनालाई बत्ती बाल्ने महिनाका रुपमा मनाइन्छ ।

घर तथा कोठा सजावटको सामग्री बुन्दै बागलुङ नगरपालिका–१ स्थित रामरेखाका महिला । निषेधाज्ञाका समयमा उनीहरुले सजावटको सामग्री बुन्न सिकेका थिए ।

 

व्यास नगरपालिका–२, मालपोत लाइनमा नो पार्किङ बोर्ड गाड्दै जिल्ला ट्राफिक कार्यालय तनहुँका ट्राफिक प्रहरी ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८, बरबोटको बुद्ध स्तूप पार्कमा निर्माण गरिएको गुरु पद्मसम्भवको मूर्ति ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी