×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ शुक्रबार बाँडफाँड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ शुक्रबार बाँडफाँड

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आइपीओ भोलि शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइपीओ बाँडफाँडका लागि धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको जनाएको हो । बोर्डले अनुमति दिएमा शुक्रबार नै कम्पनीको आइपीओ बाँडफाँड हुनेछ । यद्यपी बोर्डले शुक्रबारका लागि अनुमति नदिएमा  बाँडफाँडमा केहि ढिलाई हुनेछ ।
प्रभु क्यापिटलले आइपीओको प्रि अलोटमेन्ट आज सम्पन्न गर्ने जनाएको छ । युनियनको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । यसमा कुल ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । २१ लाख ७२ हजार ८६८ जनाले ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ५.९१ गुणा बढी हो । 
कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी