
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा दोश्रो दिन नै २.९४ गुणाले ओभर सब्सक्राइब भएको छ । कम्पनीको आइपिओमा शुक्रबार ३ः३० बजेसम्म ११ लाख २८ हजार ३ सय ८४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता सेयरको लागि आवेदन परेको छ ।
यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ । यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।
कम्पनीले बिहिबारदेखि ल्याएको ६४ लाख ५० हजार कित्ता आइपीओमा ३ लाख २२ हजार ५ सय कित्तामा कर्मचारीले आवेदन दिन पाउनेछन् भने ३ लाख २२ हजार ५ सय कित्तामा म्युचुअल फन्डले आवेदन दिन पाउनेछन् । बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्