×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ आजै बाँडफाँड !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आइपीओ आजै बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझ ५ बजेपछि कम्पनीको आइपीओ बाँडफाँड हुने भएको हो । धितोपत्र बोर्डले आजै अनुमति दिएकाले बाँडफँड गर्न लागिएको हो । 
आइपीओको प्रि अलोटमेन्ट बिहीबार नै सम्पन्न गरिएको छ । युनियनको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ । यसमा कुल ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । २१ लाख ७२ हजार ८६८ जनाले ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ५.९१ गुणा बढी हो । 
यस कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: