ललितपुर । पाटन दरबार स्क्वायरस्थित व्यापारीहरूको आराध्य देवता मानिने भीमसेन मन्दिर पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक-पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँचिएर भित्तासमेत चिराचिरा परेका थिए ।
निर्माणाधीन मन्दिरमा गारोको काम सकेर छाना छाउने काम अघि बढिरहेको ललितपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले बताए । महर्जनका अनुसार मुलुकमा थप कोरोना महामारी बढेर बन्दाबन्दी भएन भने अब आउँदो असोजभित्र मन्दिर पुनःनिर्माणको सम्पूर्ण काम सक्ने लक्ष्यरहेको जानकारी दिए । दाताले चन्दा दिने क्रममा इन्भेष्टमेन्ट बैंकले दिन्छु भनेर कबोल गरेको एक करोडमा दिन बाँकी रहेको र ५० लाख हिजो मात्रै मन्दिर पुनःनिर्माण गर्न दिएको थियो ।
भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको यस मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि कसैले चासो नदेखाएपछि ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ स्थायनीयवासी आफैँ जुटेर चन्दा सङ्कलन गरी मन्दिरको काम अघि बढाइरहेका छन् । सो मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएकामा अब केही रकम थप हुने भएको बताइएको छ ।
उक्त मन्दिर परिसरबाट आवतजावत गर्ने हजारौँ स्वदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण मन्दिर पुनःनिर्माणमा ललितपुरवासी स्वयं अग्रसर भएका सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी गराउनुभयो । मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्वपूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा राखिएको थियो । पाँच पाण्डवमध्येका माइला भाइ भीमसेनलाई नेवार समुदायले आराध्य देवका रूपमा पुज्ने गरेको छ । भीमसेन मन्दिरको दर्शन र पूजाआजा गर्नाले व्यापारमा फलिफाप हुने विश्वास पाटनका व्यवसायीमा रहेको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्