काठमाडौं । अपि पावर कम्पनीले सर्वसाधारण समूहको २ लाख १५ हजार ५९९ कित्ता सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म सो सेयरमा आवेदन दिन सकिने छ । कम्पनीको सो सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर वा सोभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
कम्पनीले यसअघि ५६ लाख ७० हजार कित्ता (२९.३८%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सबै सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको थियो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग, कमलादीबाट आवेदन दिन सकिनेछ ।
मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ । हकप्रद र लिलामी सेयर बिक्रीपछि चुक्ता पूँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।