काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा अरुण काबेली पावरले खुद नाफा १६८.३८% ले बढाएर २८ करोड ९७ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १० करोड ७९ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेपछि नाफामा सकारात्मक प्रभाव परेको हो । अघिल्लो वर्ष ४० करोड ७२ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर ७० करोड ६७ लाख रुपैयाँ पुर्याएको छ ।
१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २९ करोड २२ लाख रुपैयाँ छ । यस्तै प्रतिसेयर आम्दानी १८ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ४३ पैसा रहेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्