कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा बालमैत्री कोभिड अस्पतालको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री लालबहादुर खड्काले आइतबार अस्पतालको शिलान्यास गर्नुभएको हो ।
सो अवसरमा उहाँले महाकाली, सेती र टीकापुर अस्पतालमा स्वास्थ्य सुविधा थप गर्नुका साथै संरचना निर्माण र उपकरणका निम्ति प्रदेश सरकार अग्रसर रहेको जानकारी दिनुभयो ।“सात पहाडी जिल्लामा पनि अस्पतालको उपकरण थप गर्नेदेखि महामारीलाई लक्षित गरी सेवासुविधा थप गर्ने काम अघि बढेको छ”, उहाँले भन्नुभयो, “सघन उपचार कक्ष, भेन्टिलेटरलगायतका सुविधा पनि थपिँदैछन् ।”
कोरोनामा तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुनसक्ने आँकलन गरिएका बेला प्रदेश सरकारले भने यहाँका नौवटै जिल्लामा बालमैत्री श्यया बनाउने र सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको तयारी अघि बढाएको छ । मन्त्रालयका अनुसार प्रत्येक पहाडी जिल्लामा अस्पतालमा १० श्यया र तराईको धनगढी, महेन्द्रनगर र टीकापुरमा ४० देखि ५० श्ययाको बालमैत्री श्यया थप गर्न लागिएको हो । अस्पतालमा रु ९१ लाखका ठेक्का सम्झौता भई निर्माणको थालनी भएको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
“यहाँ ४० देखि ५० श्याको अस्पताल बन्नेछ”, उहाँले भन्नुभयो, “उक्त अस्पताल निर्माणका लागि ४५ दिनको समय निर्माण कम्पनीलाई दिइएको छ ।” यसअघि पनि प्रदेश सरकारको सहयोगमा अस्पतालमा ५० श्याको कोभिड अस्पताल बनेको थियो । त्यसैगरी पछिल्लो केही दिनयता यहाँ अस्पतालमा कोरोना सङ्क्रमित बढ्न थालेका छन् । महाकाली अस्पतालमा हाल आठ जना सङ्क्रमितको उपचार भइरहेको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्