×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भन्सार छलेर ल्याइएका ७८ लाख बराबरको मोबाइल बरामद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भन्सार छलेर ल्याइएका ७८ लाख बराबरको मोबाइल बरामद

Artha Sarokar

२२ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवलपुर । भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब ७८ लाख पर्ने जानकारीमा आएको गिरीको भनाइ छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३-च-५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्ने क्रममा अवैधरूपमा जिल्ला भित्र्याइँदै गरेका मोबाइल बरामद गरिएको गिरीले जानकारी दिनुभयो । भन्सार छलेर ल्याइएका मोबाइल आजै भन्सार कार्यालय पठाइने उहाँको भनाइ छ ।भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर महानगरपालिका-८ का अर्जुन ढकाल र भरतपुर-२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुवैलाई दुम्किबास प्रहरीको हिरासतमा राखिएको उहाँले बताउनुभयो । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी