काठमाडौं । चन्द्रागिरी हिल्स २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ नोक्सानमा रहेको जनाएको हो । यो कम्पनी अघिल्लो वर्षको यसै अवधिमा १० करोड ६६ लाख १६ हजार रुपैयाँ नोक्सानीमा थियो । एक वर्षको अवधिमा कम्पनीको नोक्सानी १४ करोड ७२ लाख २६ हजार रुपैयाँ बढेको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार अघिल्लो वर्ष ७ रुपैयाँ ९० पैसा नोक्सानमा रहेको प्रतिसेयर आम्दानी यो अवधिसम्म आउँदा १६ रुपैयाँ ५५ पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३५ पैसा छ । साथै जगेडा कोष ३९ करोड ३५ लाख ६० हजार रुपैयाँ ऋणात्मक छ । सञ्चालन आम्दानी पनि १९ करोड १५ लाख ५ हजार रुपैयाँले घटेर २२ करोड १५ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीले अन्य स्रोतबाट हुने आम्दानी पनि ६७ लाख २ हजार रुपैयाँमा सीमित भएको जनाएको छ । अघिल्लो वर्ष कम्पनीले अन्य स्रोतबाट २ करोड ९० लाख ३० हजार रुपैयाँ अन्य स्रोतबाट आम्दानी गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्