×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोलखा लापिलाङ पहिराको स्थलगत निरीक्षण, घर निर्माणका लागि प्रतिपरिवार चार लाख दिने प्रदेश सरकारको घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दोलखा लापिलाङ पहिराको स्थलगत निरीक्षण, घर निर्माणका लागि प्रतिपरिवार चार लाख दिने प्रदेश सरकारको घोषणा

Artha Sarokar

२२ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका-५ लापिलाङमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारेमा वाग्मती प्रदेशका दुई मन्त्रीले आज स्थलगत निरीक्षण गर्नुभएको छ । लापिलाङको रानीवन पहिराको आज सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले स्थलगत निरीक्षण गर्नुभएको हो । लापिलाङको खहरे रानीवन संरक्षण क्षेत्रबाट गत वर्षको साउनदेखि नै पहिरो जान थालेको र उक्त पहिराले हाल बालीनालीसहित जग्गा कटान गरी पहिरो गाउँमा पसेपछि थप जोखिम बढेको हो । गत वर्ष आएको पहिराले नौ घर बगाएको थियो भने २२ घर पहिराको उच्च जोखिममा रहेका थिए ।

गत वर्षको पहिरालाई मध्यनजर गरी समयमा नै पहिरो रोकथाम तथा बस्तीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न नसक्दा सोही ठाउँबाट आएको पहिराले लापिलाङका सयौँ घर हाल उच्च जोखिममा परेका छन् । सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरी बस्तीमा नै पहिरो आइपुगेको र हाल सयौँ घर उच्च जोखिमका कारण विस्थापित भई सयौँ परिवार आफन्त तथा सामुदायिक विद्यालय र पालमा बस्न बाध्य भएका गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले बताउनुभयो । पहिराकै कारण केही परिवार भूमिहीन तथा घरबारविहीन बन्न पुगेको उहाँले बताउनुभयो । मानवीय क्षति नभए पनि पहिराका कारण ठूलो क्षति हुन पुगेको हो ।

पहिराको निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री पाण्डेले प्रदेशको यो वर्षकै ठूलो पहिरो सिन्धुपाल्चोकमा र मानवीय क्षति नभए पनि त्यसपछि लापिलाङको पहिरो भएको हुँदा प्रदेश सरकारको प्रत्यक्ष ध्यानाकर्षण भएको र स्थलगत रूपमा निरीक्षणका लागि आफूहरू पहिरो क्षेत्रमा आएको बताउनुभयो । विस्थापित भएका परिवारलाई स्थानीय तहमार्फत तत्काल राहत सामग्री उपलब्ध गराउने काम भइरहेको र स्थायी बसोबासका लागि प्रदेश सरकारले व्यवस्थापन गरिने उहाँले बताउनुभयो । पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार २५ हजार र पक्की घर निर्माणका लागि प्रतिपरिवार चार लाखका दरले रकम उपलब्ध गराइने प्रदेश सरकारको नीति रहेकाले सुरक्षित स्थान पहिचानका लागि मन्त्री पाण्डेले गाउँपालिकालाई निर्देशन दिनुभयो । पहिराले जग्गा जमिन तथा घर ठूलो मात्रामा क्षति गरेको र सिङ्गो गाउँ नै पहिराको उच्च जोखिममा रहेका कारण सुरक्षित स्थानमा सरेर बस्नका लागि सामाजिक विकासमन्त्री बस्नेतले आग्रह गर्नुभयो । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी