×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एभरेष्ट बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकले ८ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
जसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । ऋणपत्र बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यपिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी