×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सद्वारा नाफामा आकर्षक प्रगति, जगेडा कोषमा १ अर्ब २६ करोड ६७ लाख ८२ हजार रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सद्वारा नाफामा आकर्षक प्रगति, जगेडा कोषमा १ अर्ब २६ करोड ६७ लाख ८२ हजार रुपैयाँ

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले नाफामा आकर्षक प्रगति गरेको छ । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा खुद नाफा १८०.७८% ले बढाएर ५७ करोड ४६ लाख ३६ हजार रुपैयाँ कमाउन सफल भएको हो । कम्पनीले अघिल्लो वर्ष यसै अवधिमा २० करोड ४६ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा आईपुग्दा प्रतिसेयर आम्दानी ९१ रुपैयाँ ८७ पैसा वार्षिक छ भने प्रतिसेयर नेटवर्थ ३०२ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेका छन् ।
खुद ब्याज आम्दानी ६९.४५% र सञ्चालन नाफा १८०.१७% ले बढेका हुन् । यस्तै कम्पनीको चुक्ता पूँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २६ करोड ६७ लाख ८२ हजार रुपैयाँ रहेको छ । प्रोभिजनमा २७ करोड ७३ लाख ५३ हजार रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी