काठमाडौं । गरिमा विकास बैंकको विशेष साधारणसभा भदौ १५ गते हुने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १० बजे सुरु हुने भएको हो ।
सभामा सहारालाई एक्वायर गरी ‘गरिमा विकास बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पेस हुने भएको छ । साथै, एक्वयार गर्ने सम्बन्धमा भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने प्रस्ताव रहेको छ । डीडीए रिपोर्टका आधारमा कायम भएको १ः१ सेयर स्वाप रेसियो पारित गर्ने प्रस्ताव गरिने छ ।
सहारालाई एक्वायर गरिसकेपछि गरिमाको जारी तथा चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ रुपैयाँ कायम हुनेछ भने सोही अनुसार प्रबन्धपत्रमा जारी तथा चुक्ता पुँजी सम्बन्धी व्यवस्थाहरु संशोधन गर्ने प्रस्ताव रहेको छ । सभाका लागि भदौ ९ गतेदेखि बुक क्लोज हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्