×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्सले गर्यो कमालको प्रगति, खुद नाफा ७८ प्रतिशतले बढाएर कमायो ९ करोड ३२ हजार (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जनरल इन्स्योरेन्सले गर्यो कमालको प्रगति, खुद नाफा ७८ प्रतिशतले बढाएर कमायो ९ करोड ३२ हजार (विवरणसहित)

Artha Sarokar

७ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जनरल इन्स्योरेन्सले खुद नाफामा कमालको प्रगति गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ७८% ले बढेर ९ करोड ३२ हजार रुपैयाँ कमाएको जनाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा यस कम्पनीले ५ करोड ५ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म आउँदा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ६५ पैसा छ । यस्तै बिमा कोषको आकार ९९.२४% ले बढेर १० करोड १६ लाख २८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा ५ करोड १० लाख ८ हजार रुपैयाँ थियो । यता, खुद बिमा शुल्क भने १.२४% ले घटेर २० करोड ७० लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी