×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, नाफा २८३.०९% ले बढ्दा प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि

PRIME CA

ग्लोबल आइएमई लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, नाफा २८३.०९% ले बढ्दा प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गत वर्षको चौंथो त्रैमासमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लोभलाग्दो प्रगति गरेको छ । कम्पनीले २८३.०९% ले खुद नाफा बढाएर २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
चौंथो त्रैमाससम्ममा कम्पनीको नाफासहित अधिकांश सूचकमा आकर्षक वृद्धि भएको छ । चौंथो त्रैमाससम्म आइपुग्दा संस्थाले ४५ करोड ३१ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षकाे यसै अवधिकाे तुलनामा ७२.५१ प्रतिशतले धेरै हाे । यस्तै सञ्चालन नाफा २४१.१४ प्रतिशतले बढेर ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ९८ करोड ८३ लाख ८ हजार रूपैयाँ रहेकाे थियाे ।
संस्थाको रिजर्भ कोषमा ३९०.४३% बढेर ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार संस्थाको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७ पैसाले बढेर ५२ रुपैयाँ ७३ पैसा पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: