काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा तेस्रो दिन शुक्रबार ५.५५ गुणाको ओभर सब्सक्राइब भएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले शुक्रबार दिउँसो ३ः३० बजेसम्म १९ लाख १८ हजार ५ सय ५७ जना सर्वसाधारण लगानीकर्ताहरुले २ करोड ९९ लाख ८३ हजार ६ सय २० कित्ताका लागि २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रकम बराबरको आवेदन दिएका छन् ।
कम्पनीले बुधबार प्रतिकित्ता १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमा ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ भने बाँकी ५४ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् ।
लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपीओ निष्कासन खुला हुनेछ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्