काठमाडौं । अब विपन्न वर्गको कर्जाको पनि अनिवार्य रुपमा बीमा गराइने भएको छ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले अब विपन्न वर्गको कर्जाको पनि अनिवार्य रुपमा बीमा गराइने बताएका हुन् ।
उनले महिला उद्यमीद्धारा लघु उद्यम तथा स्वरोजगार मूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना हुने व्यवस्था गरिने जनाएका छन् ।