×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६३ हजार ६८७ जनाले भरे मध्य भोटेकोशीको आइपीओ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

६३ हजार ६८७ जनाले भरे मध्य भोटेकोशीको आइपीओ

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा १ करोड ३८ लाख ४८ हजार ४७६ कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलले आइतबार साँझसम्ममा ६३ हजार ६८७ जनाले १ करोड ३८ लाख ४८ हजार ४७६ कित्ताका लागि १ अर्ब ३४ करोड ४८ लाख ४७ हजार ६०० रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो माग भन्दा २.३० गुणा बढी आवेदन हो । कम्पनीले गत साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानीयबाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौमा सात वटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिने छ । साथै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओमा आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: