काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि गत आर्थिक वर्षको चौथो त्रैमासमा ४४ करोड ७२ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १४५.५१% ले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १८ करोड २१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । खुद ब्याज आम्दानी ७२.४५% र सञ्चालन नाफा १०२.५१% ले बढेको हो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७४ पैसाले बढेर ४४ रुपैयाँ ७२ पैसा वार्षिक पुगेको छ । प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १२ पैसा रहेको छ ।