×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणलेसमेत आवेदन दिन सक्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणलेसमेत आवेदन दिन सक्ने

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिाथ विकास बैंकले १ लाख ५ हजार ४१ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले आज मंगलबारबाट प्रतिकित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँमा सो सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको उक्त यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले भदौ २२ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसारमा पुग्नेगरी आवेदन दिनु पर्नेछ भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: