म्याग्दी । जिल्ला मालपोत कार्यालय म्याग्दीले गत आर्थिक वर्षमा दुई करोड ६२ लाख १९ हजार ७७५ राजश्व सकंलन गरेको छ । यो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ३० दशमलव ५१ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयले ८० लाख राजश्व सकंलन गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।
सङ्कलित राजश्वमा घरजग्गा रजिष्ट्रेसन शुल्कबाट २ करोड ३८ लाख ६५ हजार ९५७ र नगर सुधार कोषबाट २३ लाख ५३ हजार ५१८ रहेको कार्यालयका लेखापाल दीपक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सेवाग्राहीबाट धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्कलगायतका सेवाबापत सो रकम सकंलन भएको हो ।
रजिष्ट्रेसन शुल्कअन्तर्गत संकलित कूल राजश्वमध्ये ४० प्रतिशत प्रदेश र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ । सोही अनुसार जग्गा रजिष्ट्रेसन बापत संकलित रकम प्रदेश र स्थानीय तहमा बाँडफाड गरिएको मालपोत अधिकृत कृष्ण कार्कीले जानकारी दिनुभयो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्