×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौ २५ गतेदेखि नबिल इन्भेष्टमेन्टले ‘नबिल ब्यालेन्स्ड फन्ड ३’ को १० करोड इकाई जारी गर्ने, कति कित्तासम्म पाईन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भदौ २५ गतेदेखि नबिल इन्भेष्टमेन्टले ‘नबिल ब्यालेन्स्ड फन्ड ३’ को १० करोड इकाई जारी गर्ने, कति कित्तासम्म पाईन्छ भर्न ?

Artha Sarokar

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल इन्भेष्टमेन्टले नबिल ब्यालेन्स्ड फन्ड ३ जारी गर्ने भएको छ । फन्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई भदौ २५ गतेदेखि जारी गर्ने भएको हो । कुल इकाईमध्ये १ करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४% अर्थात् न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ ।
यस्तै फन्डले १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्ट्याएको जनाएको छ । सर्वसाधारणले भने बाँकी रहेको ८ करोड ५० लाख इकाईमा आवेदन दिन पाउनेछन् । सो फन्डमा लगानीकर्ताले भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाई बिक्री नभएमा असोज ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
१० वर्ष अवधिको उक्त फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् भने न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यो एक बन्दमुखी योजना हो । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी