नवलपरासी । नवलपरासी (बर्दघाट)सुस्ता पश्चिम जिल्लामा एक वर्षका अवधिमा दुई हजार १०० बढी घरेलु तथा साना उद्योग थपिएका छन् । नयाँ थपिएका उद्योगबाट नौ हजार बढीले रोजगारी पनि पाएका छन् । गत आव २०७७/०७८ मा दुई हजार १६७ घरेलु तथा साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो । यो अघिल्लो आवका तुलनामा दोब्बरले वृद्धि हो ।
अघिल्लो आव २०७६/०७७ मा जिल्लामा एक हजार १२१ उद्योग दर्ता भएका थिए । गत वर्ष नयाँ थपिएकामा सबैभन्दा धेरै कृषि तथा वनजन्य उद्योग छन् । कार्यालयका अनुसार गत आव २०७७/०७८ मा एक हजार ५५७ कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् भने ४७० सेवामूलक तथा १४० उत्पादनमूलक उद्योग थपिएका छन् ।लुम्बिनी प्रदेश सरकारले कोरोना महामारीका कारण बेरोजगार भएकालाई स्वदेशमै स्वरोजगारको वातावरण बनाउने उद्देश्यले उद्योग दर्ता निःशुल्क गरेकाले उद्योग दर्तामा वृद्धि भएको कार्यालयले जनाएको छ । यसैगरी महिलालाई पनि उद्यमतर्फ प्रोत्साहन तथा सहुलियतका कार्यक्रम ल्याइएकाले पनि महिला उद्यमीको सङ्ख्या बढ्दो रहेको कार्यालय प्रमुख भुसाल बताउनुभयो ।
गत वर्ष थपिएका उद्योगमा मात्रै एक हजार ३०३ पुरुष र एक हजार ९३ महिला गरी दुई हजार ३९६ जना उद्यमी छन् । थपिएका उद्योगमा मात्रै पाँच अरब छ करोड छ हजार लगानी रहेको कार्यालयले जनाएको छ । उहाँका अनुसार नयाँ उद्योगबाट नौ हजार १३२ जनाले रोजगारी पाएका छन् । कृषि तथा वनजन्य उद्योगतर्फ तीन हजार ५१५ पुरुष र दुई हजार ७०६ महिला गरी छ हजार २२१ जनाले रोजगारी पाएका छन् ।
कार्यालय प्रमुख भुसालका अनुसार सेवामूलक उद्योगतर्फ दुई हजार ८४ ले रोजगारी पाएका छन् । यसमा एक हजार ३६२ पुरुष र ७२२ महिला छन् । नयाँ थपिएका उत्पादनमूलक उद्योगतर्फ ५७२ पुरुष र २५५ महिला गरी ८२७ ले रोजगारी पाएका छन् । जिल्ला कृषिका लागि उर्वर मानिन्छ । यहाँका अधिकांश युवा र महिला उद्यमतर्फ आकर्षित भएको कार्यालयले जनाएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्