×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यविन्दु नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट, सेवाग्राहीको सहभागिता र राजश्वको दायरा वृद्धि हुने विश्वास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मध्यविन्दु नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट, सेवाग्राहीको सहभागिता र राजश्वको दायरा वृद्धि हुने विश्वास

Artha Sarokar

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवलपुर । जिल्लाको मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सुरु गरेको छ । मध्यविन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी सुरु गरेको हो ।

मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले अब नगरवासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबाहल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने बताए । विद्युतीय भुक्तानी शुरु भएपछि नगरपालिकाका स्थानीय करदाताहरुले घरमा नै बसेर अनलाइन मार्फत राजश्व भुक्तानी गर्न सक्ने नगरप्रमुख रानाले बताए । अनलाइन भुक्तानी सुरु भएपछि राजश्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजश्वको दायरा वृद्धि हुने विश्वास लिइएको रानाको भनाइ छ । विद्युतीय भुक्तानीबारे करदातालाई शिक्षा दिन समेत नगरपालिकाले आवश्यक कार्य गर्ने नगरउपप्रमुख ओमकुमारी महतोले बताइन् ।

आइतबारदेखि अनलाइन प्रणाली सुरु भएपछि सबै करदाताले विद्युतीय प्रणालीमार्फत झन्झट विनै राजस्व भुक्तानी गर्न सक्ने महतोको भनाइ छ । विद्युतीय भुक्तानीको माध्यम इसेवाबाट नगरपालिकाको कर भुक्तानी गर्न सकिने नगर उपप्रमुख महतोले बताइन् ।

नगरपालिकाले विद्युतीय भुक्तानीका लागि इसेवासँग सम्झौता गरेर काम अगाडि बढाएको नगरपालिका आइटी शाखा प्रमुख नरेश गुरुङले बताए । अन्य अनलाइन भुक्तानी गर्ने सेवा प्रदायकसँग पनि सम्झौता गरेर भुक्तानी व्यवस्थालाई सहज बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको गुरुङको भनाइ छ ।करदाताले कर तिर्न इ–पोर्टलमा विवरण भरेर दर्ता गराएपछि इसेवा डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिने गुरुङले बताए ।

यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ । अनलाइन प्रणाली सुरु गर्न करदाताले वडा कार्यालमा गएर विवरणहरू अद्यावधिक गराएपछि घरबाटै राजस्व भुक्तानी गर्न सकिने गुरुङको भनाइ छ ।- रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी