×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फिदिम नगरपालिकाद्धारा ७७ प्रतिशत वित्तीय प्रगति हासिल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

फिदिम नगरपालिकाद्धारा ७७ प्रतिशत वित्तीय प्रगति हासिल

Artha Sarokar

२५ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पाँचथर  । पाँचथरको फिदिम नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा ७७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको समीक्षात्मक प्रतिवेदनअनुसार पुँजीगत खर्च अपेक्षित हुन नसक्दा वित्तीय प्रगति ७७ प्रतिशतमा सीमित भएको हो ।

गत आवमा नगरपालिकामा चालू र पुँजीगततर्फ गरी कूल ९६७ वटा योजना तथा कार्यक्रम स्वीकृत भएकामा ९०५ वटा सम्पन्न भएका हुन् । स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि ९६ करोड ७३ लाख ११ हजार ५०९ बजेट विनियोजन भएकामा ७४ करोड ८७ लाख ७३ हजार ५८४ खर्च भएको हो । नगरपालिकामा चालूतर्फ ३४३ योजना तथा कार्यक्रममा १६ करोड ५३ लाख ६० हजार बजेट स्वीकृत भएको थियो । जसमा ३३० योजना तथा कार्यक्रम पूरा हुँदा ११ करोड ७५ लाख ४० हजार खर्च भएको छ । चालूतर्फका योजना र कार्यक्रममा ९६ प्रतिशत भौतिक प्रगति र ७१ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगर प्रमुख ओनाहाङ नेम्वाङ र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जारी गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै पुँजीगततर्फ ६२४ योजना तथा कार्यक्रममा ८० करोड १९ लाख ५१ हजार बजेट स्वीकृत भएको थियो । जसमा ५७५ योजना तथा कार्यक्रम सम्पन्न हुँदा ६३ करोड १२ लाख २२ हजार खर्च भएको छ । पुँजीगततर्फका योजना र कार्यक्रममा ९२ प्रतिशत भौतिक प्रगति र ७९ प्रतिशत वित्तीय प्रगति भएको प्रतिवेदनमा जनाइएको छ । गत आवमा फिदिम नगरपालिकामा सबैभन्दा बढी सामाजिक विकास क्षेत्रका ३६८ योजना तथा कार्यक्रम स्वीकृत भएकामा ३४७ सम्पन्न भएका छन् । सामाजिक क्षेत्रका योजना तथा कार्यक्रममा भौतिक र वित्तीय प्रगति समान ९० प्रतिशत रहेको छ । भौतिक पूर्वाधार विकासतर्फका २३४ योजना तथा कार्यक्रम स्वीकृत भएकामा २२६ वटा सम्पन्न भएका छन् ।

भौतिक पूर्वाधार विकासतर्फ फिदिम नगरपालिकाले ९७ प्रतिशत भौतिक प्रगति गरे तापनि वित्तीय प्रगति ५८ प्रतिशतमा सीमित भएको छ । कोभिड–१९ को महामारीका कारण धेरै योजनाको काम सुरु भए पनि सम्पन्न नहुँदा वित्तीय प्रगति निकै कमजोर देखिएको हो । यस्तै आर्थिक विकासतर्फ २१५ योजना तथा कार्यक्रम स्वीकृत भएकामा १९६ वटा सम्पन्न भएका छन् । जसमा भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत हासिल भएको प्रतिवेदनमा जनाइएको छ ।

सदरमुकामसमेत रहेको जिल्लाको एकमात्रै नगरपालिकाले समेत पूर्वाधार विकासमा यथेष्ट प्रगति हासिल गर्न नसकेको हो । विगत लामो समय तत्कालीन जिल्ला विकास समितिमा काम गर्नुभएका फिदिम नगरपालिकाका इञ्जिनीयर प्रेम काफ्लेका अनुसार पूर्वाधार योजना पूरा गर्न नीतिगत, संरचनागत तथा प्राविधिक जटिलता धेरै हुने गरेका छन् ।-रासस

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी