×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : गर्मी छल्न बहखोलामा पौडी खेल्दै रामपुरका बालबालिका, माछा मार्न जाँदै घोराहीका महिला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : गर्मी छल्न बहखोलामा पौडी खेल्दै रामपुरका बालबालिका, माछा मार्न जाँदै घोराहीका महिला

Artha Sarokar

२३ श्रावण २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले रामपुरको बहखोलामा पौडीमा रमाउँदै गरेका बालबालिकादेखि घोराही –६ चैनपुरका थारु महिला माछा मार्न जाँदै गरेकासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

गर्मी छल्न बहखोलामा पौडी खेल्दै गरेका रामपुरका बालबालिका । कोभिड–१९ को सङ्क्रमणका कारण विद्यालय बन्दको समयमा गर्मी मौसममा खोलामा पौडी खेलेर बालबालिकाले मनोरञ्जन लिएका हुन् ।

घोराही –६ चैनपुरका थारु महिला माछा मार्न जाने क्रममा । उनीहरु फुर्सदको समय माछा मारेर तरकारीको जोहो गर्दछन् ।

डोटी र डडेल्धुराको सीमाक्षेत्र कोरायल खोला नजिकै बिक्रीका लागि सुकाएर राखिएको सेती नदीको माछा ।

ताप्लेजुङको सदरमुकाम फुङलिङ—७, दोखुदुमी कृषि फार्ममा च्याउ उत्पादन गर्ने कटेज । फार्ममा दैनिक ३५ केजी च्याउ उत्पादन गरिन्छ ।

म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा निर्माण भएको बास्केटबलको खेलमैदान । सघन शहरी तथा भवन निर्माण आयोजनाको रु। ३२ लाख लगानीमा खेलमैदान निर्माण भएको छ ।

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको प्रालिमा लागेको आगो नियन्त्रणमा लिँदै सुरक्षाकर्मीलगायत ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी