×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रैराङ हाइड्रोपावरको खुद नाफामा ३७५.७५% को चमत्कारिक प्रगति, जगेडा कोषमा ७ करोड ५३ लाख रुपैयाँ (विवरणसहित)

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा रैराङ हाइड्रोपावरले खुद नाफामा आकर्षक वृद्धि गरेको छ । कम्पनीको नाफा ३७५.७५% ले बढेर ५ करोड ९० लाख १८ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यसै अवधिमा यसले १ करोड २४ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । असार मसान्तसम्म आइपुग्दा विद्युत् बिक्रीबाट हुने आम्दानी ३८.९७% ले बढेर २४ करोड २३ लाख ६० हजार रुपैयाँ पुगेको छ । कम्पनीले रैराङ खोलाको विद्युत् बेचेर ७० लाख ५ हजार र इवा खोलाको विद्युत् बेचेर २३ करोड ५३ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको चुक्ता पूँजी ५६ करोड रुपैयाँ र जगेडा कोषमा ७ करोड ५३ लाख ८१ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी वार्षिक १० रुपैयाँ ५४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४६ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: