×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब सांसदहरुले राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै तलब भत्ता पाउने, एभरेष्ट बैंकबाट कारोबार नहुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अब सांसदहरुले राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै तलब भत्ता पाउने, एभरेष्ट बैंकबाट कारोबार नहुने

Artha Sarokar

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अब सांसदहरुको तलब भत्ताको कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । अर्थ मन्त्रालयले हालै सिंहदरबारस्थित सबै कार्यालयको सरकारी खाताहरुको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि राष्ट्रिय वाणिज्य बैंकबाट गर्न लागिएको हो ।
सो कारोबार यसअघि सरकारी खाता एभरेष्ट बैंकमार्फत हुँदै आएको थियो । यता सांसदहरुले आफ्नो कारोबार सरकारी बैंकबाटै हुनुपर्ने आवाज उठाउदै आएका थिए । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसद्को बैठकमा सांसदले पटक-पटक सरकारी खाता सरकारी स्वामित्वको बैंकमार्फत नभएको गुनासोलाई सम्बोधन गरिएको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी