×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५.४५ प्रतिशतले बढ्यो आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा, अरु सूचकको यस्तो छ अवस्था (विवरणसहित)

GLOBAL IME BANK

१५.४५ प्रतिशतले बढ्यो आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा, अरु सूचकको यस्तो छ अवस्था (विवरणसहित)

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ९ करोड १० लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
यो नाफा अघिल्लो वर्षको यसै अवधिमाको तुलनामा १५.४५% ले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा यसले ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो । यस्तै यस अवधिमा सञ्चालन नाफा १८.४७% र खुद ब्याज आम्दानी १५.४०% ले बढेको छ ।
कम्पनीका अनुसार प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा छ । प्रोभिजनमा ३ करोड ५१ लाख ८ हजार रुपैयाँ छ भने २ करोड ४२ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: