Skip to content
LAXMI SUNRISE BANK

रु रु जलविद्युतले एकैसाथ गर्यो २ आर्थिक वर्षको लाभांश घोषणा, साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने

अर्थ सरोकार

काठमाठौं । रु रु जलविद्युत परियोजनाले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.५२६३% नगद लाभांश र आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १०% बोनस सेयर र उक्त बोनसमा लाग्ने कर तिर्न ०.५२६३% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सो लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभामा पेश हुनेछ र सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । रु रु ले गत आर्थिक वर्षमा ७ करोड २१ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK