काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौंथो त्रैमासमा १ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा १६०.५१% ले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६६ लाख ५४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यस्तै सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ५१ पैसा रहेको छ । यो अवधिसम्म आउँदा कम्पनीले ७२ लाख ८६ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ भने खुद ब्याज र सञ्चालन नाफा क्रमश: ३०.२८% र १०४.०५% ले बढेको छ । असार मसान्तसम्म आइपुग्दा संस्थाको चुक्ता पूँजी १३ करोड २० लाख रुपैयाँ र जगेडा कोषमा ६ करोड ६६ लाख ६७ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्