×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समीट लघुवित्त वित्तीय संस्थाको खुद नाफामा २०१.६२% को छलाङ, रिजर्भ कोषमा २१ करोड ७८ लाख जम्मा (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

समीट लघुवित्त वित्तीय संस्थाको खुद नाफामा २०१.६२% को छलाङ, रिजर्भ कोषमा २१ करोड ७८ लाख जम्मा (विवरणसहित)

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले २०१.६२% ले खुद नाफा बढाएर ११ करोड ९८ लाख रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक वृद्धि भएको छ । यी दुई सूचक क्रमश: ७२.७०% र २०४.४४% ले बढेका छन् । वित्तीय विवरण अनुसार यस अवधिसम्म आउँदा कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
३९ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भ कोषमा २१ करोड ७८ लाख रुपैयाँ रहेको छ । यस्तै प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४७ पैसाले बढेर ३० रुपैयाँ ३८ पैसा पुगेको छ  भने प्रतिसेयर नेटवर्थ भने १५५ रुपैयाँ २५ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: