काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रिमियम मूल्यमा ६० लाख कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा र नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एन्एफआरएस प्रणाली लगायतका विषयमाथि छलफल गरी पारित गरेको छ ।
सभालाई सम्बोधन गर्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष अनुज कयालले व्यवसायिक क्रियाकलाप सन्तोषजन रहेको बताए । व्यवसायिक विस्तारमा कम्पनीमा आवद्ध कर्मचारी र अभिकर्ताहरुले निभाएको भुमिकालाई महत्वपूर्ण रुपमा लिनु पर्ने बताउँदै उनले आगामी दिनमा कर्मचारीको क्षमता अभिवृद्धिका लागि स्वदेशी तथा विदेशी ताििलम केन्द्रसँग सहकार्य गर्ने बताए । कम्पनीले हाल देशभरका २० वटा शाखा कार्यालय तथा १०८ वटा उपशाखा कार्यालयमार्फत जीवन बीमा सेवा दिँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्