×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० करोडको लागतमा नमूना पशु अस्पताल निर्माण सुरु, महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

१० करोडको लागतमा नमूना पशु अस्पताल निर्माण सुरु, महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्ने

Artha Sarokar

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले नमूना पशु अस्पताल निर्माण सुरु गरेको छ । कार्यालयमार्फत बोलपत्र आह्वान गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता पश्चात् अस्पतालको भवन निर्माण अघि बढाइएको हो । डेढ वर्षभित्र सम्पन्न गर्ने गरी इको बिल्र्डस प्रालि चितवनले निर्माणको जिम्मा पाएको पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा.बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो चरणमा सेमी ढलानसहितको तीन तले भवन निर्माण गर्न लागिएको हो । उहाँले भन्नुभयो,“बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको छ ।” नेपालको ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण हुन लागेको हो । गण्डकी प्रदेश सरकारको दश करोडको लागतमा कार्यालय परिसरमा रहेको ६०५.४४ मिटर क्षेत्रफलमा अस्पताल निर्माण सुरु गरिएको छ ।

अस्पतालको भवन निर्माण पश्चात् आधुनिक उपकरण जडान गरिनेछ । उहाँले भन्नुभयो,“व्यवस्थित प्रयोगशाला, भिडियो एक्सरे, एक्सरेको साथसाथै प्रविधिक जनशक्ति व्यवस्था गरिने छ ।” दमौलीमा पशु अस्पताल बनेपछि छिमेकी जिल्ला गोरखा, लमजुङलगायतका आसपास क्षेत्रमा सेवा पुर्याउन सकिनेछ । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई केन्द्र विन्दुमा राखिएको डा श्रेष्ठले बताउनुभयो ।

पशुमा लाग्ने महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले उत्पादन वृद्धि गर्न सकिनेछ । देख्दा नदेखिने जुका, माटे जस्ता रोगले दूध तथा मासु उत्पादन घटाइरहेका हुन्छन्, हामीलाई थाहा हुदैन् । उहाँले भन्नुभयो, “रोग पहिचान गरी समयमा औषधि उपचार गर्न सकिए किसानको आम्दानीमा वृद्धि हुनेछ ।”-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी