×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा थालियो कडा अनुगमन, सहायक प्रजिअ भन्छन् ‘मास्क नलगाउने चलनले जोखिम बढायो’ (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उपत्यकामा थालियो कडा अनुगमन, सहायक प्रजिअ भन्छन् ‘मास्क नलगाउने चलनले जोखिम बढायो’ (भिडियो रिपोर्ट)

Artha Sarokar

२८ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणले मास्क लगाए, नलगाएको अनुगमनलाई तिव्रता दिएको छ । नेपाल सरकारले व्यक्तिगत रुपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरी ‘तपाइको मास्क खोइ’ भन्ने अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो ।
काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिड्नेदेखि सार्वजनिक सवारीसाधनमा रहेका व्यक्तिहरुले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा निरन्तर अनुगमन भइरहेको छ । मास्कको प्रयोग उचित ढंगले नगर्ने, गुणस्तरको प्रयोग नगर्ने, सकेसम्म प्रयोग नै नगर्ने चलनले जोखिम बढाएको गुनासो आउन थालेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मानिसको भीडभाड हुने सबै क्षेत्रमा निरन्तर अनुगमन गर्ने उहाँले बताउनुभयो ।
अहिले संक्रमणदर बढ्दै गएसँगै आम मानिसले लापरबाही पनि गर्न थालेकाले निषेधाज्ञा थप गर्नुपरेको उपत्यका प्रशासनले जनाएको छ । यसरी लापरबाही बढ्दै गए पुनः कडा निषेधाज्ञामा जान बाध्य हुनेप्रति प्रशासनले सचेत पनि गराएको छ । यससँगै काठमाडौंको ३ वटै जिल्लामा आजदेखि ८ बजेपछि अत्यावश्यक सेवा बाहेक सबैलाई हिडडुल/आवत्जावत्मा रोक लगाइएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी