काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले भाडा समायोजनलगायत ११ बुँदे माग पुरा नभएको भन्दै यातायात व्यवस्था विभागमा धर्ना दिएको छ । यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुटलगायतका माग अघि सार्दै महासंघले मंगलबार बिभागमा धर्ना दिएको हो । आफुहरुको मागका बिषयमा सरोकारवाला निकायमा जानकारी गराउदा पनि सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउन धर्ना दिइएको महासंघका अध्यक्ष डोलनाथ खनालले बताउनुभयो ।
अध्यक्ष खनालले कोरोनाले असर गरेको अवधिभरको व्याज मिनाहार र किस्ताको म्याद कम्तीमा दुई बर्ष थप गर्नुपर्ने बताउनुभयो । उहाले यातायात क्षेत्रको सुधार र व्यवस्थापनका लागि प्राधिकरण स्थापना गर्नुपर्ने आफुहरुको माग रहेको जिकिर गर्नुभयो । वर्तमान सवारी तथा यातायात ऐन र नियमावली २०४९ समयसापेक्ष व्यवसायी सुरक्षित हुनुका साथै यात्रुमैत्री हुनेगरि संशोधन गर्नुपर्ने उहाले बताउनुभयो ।
महासंघले सरकारले आफुहरुको माग पुरा नगरे भाद्र २४ गतदेखि सार्वजनिक सवारीमा भाडा समायोजन गरि लागू गर्ने चेतावनी दिएका छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्