विराटनगर । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल ४० अर्ब आठ करोड १९ लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ । सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा १२ अर्ब ४५ करोड ५५ लाख ८४ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख शिव भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार सो वर्ष कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजस्व सङ्कलन भएको थियो । सोही वर्ष कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा २१ अर्ब २८ करोड २६ लाख १७ हजारले कम अर्थात ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरेको थियो ।कार्यालयबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७४÷७५ मा रु ३२ अर्ब ८१ करोड ३० लाख ८३ हजार राजस्व सङ्कलन भएको थियो । सो अवधिमा रु ३१ अर्ब २४ कारेड ४८ लाख ८१ हजार लक्ष्यमा रु एक अर्ब ५६ करोड ८२ लाख दुई हजारले बढी अर्थात १०५ दशमलव शूल्य दुई प्रतिशत प्रगति गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा कूल ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार मात्र राजस्व सङ्कलन गरेको थियो । यसैगरी, चालू आर्थिक वर्षको दुई महिना साउन र भदौमा कूल सात अर्ब २१ करोड ९४ लाख ११ हजार राजस्व सङ्लन गरेको छ । सो राजस्व साउन महिनामा रु तीन अर्ब ३४ करोड ९६ लाख ९८ र भदौमा रु तीन अर्ब ८६ करोड ९७ लाख १३ हजार सङ्कलन भएको हो । यी दुई महिनामा कार्यालयले साउनमा ११५ दशमलव ८२ प्रतिशत र भदौमा १०० दशमलव १३ प्रतिशत प्रगति गरेको भन्सार अधिकृत प्रकाश भट्टराईले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको सो कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा पनि राजस्व लक्ष्य भन्दा कम उठ्नुको कारण सो वर्ष फागुन महिनादेखि आयात घट्नु, जोगबनी र बथनाहाको बीचमा पर्ने मिरगञ्ज पुलमा अवरोध आउनुको कारण रहेको बताइएको छ । गएको अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापारिक कारोबार ठप्प हुनु, आयात निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिनुभयो । उहाँले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजस्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको चर्चा गर्नुभयो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्