×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खुल्यो बुद्धभूमि नेपालको ८ करोड रुपैयाँको ८ लाख कित्ता आइपीओ, सर्वसाधारणले न्यूनतम १० कित्तादेखि भर्न पाउने !

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले आज सोमबारबाट सर्वसाधारणका लागि आइपीओ जारी गरेको  छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरमा ८ लाख कित्ता आइपीओ जारी गरेको हो । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: