×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

संघीय सरकारको इतिहासमा पहिलोपटक ‘बजेट होलिडे’, अर्थमन्त्री भन्छन्- ‘५/७ दिन रोकिँदा फरक पर्दैन’ (भिडियो रिपोर्ट)

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक पारित नभएका कारण केहिदिन सरकारी खर्च रोकिन सक्ने बताउनुभएको छ । मंगलबार संसद बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै उहाले सरकारले सरकारी खर्च ५/७ दिन रोकिँदा फरक नपर्ने तर पेश्की खर्च नगर्ने स्पष्ट पार्नुभयो ।
बिधेयक पारित गर्न छलफल गर्न सहमति खोज्ने प्रयास भएको र सहमति नभए प्रक्रियाबाटै पारित गर्ने उहाले बताउनुभयो । यसअघि ल्याएको बजेट अध्यादेश संसद चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नूपर्ने प्रावधान छ । जुन बुधबार सकिदैछ । संसदको अर्को बैठक असोज ४ गतेमात्र बोलाएको अवस्थामा त्यसअघि प्रतिस्थापन विधेयक पारित हुन नसक्ने स्पष्ट छ । अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था रहेको र त्यसैअनुसार कर उठ्ने जिकिर गर्नुभयो । उहाले बिधेयक पास भएपछि नियमित प्रक्रिया अघि बढ्ने धारणा राख्नुभयो ।
त्यस्तै लोकतान्त्रीक समाजवादीका नेता लक्ष्मणलाल कर्णले प्रतिस्थापन बिधेयक सदनमा पेश भइसकेका कारण ६० दिनमा अध्यादेश अन्त्य नहुने उहाको भनाई छ । वर्तनमा सरकारले ल्याएको ल्याएको बजेटसम्बन्धी प्रतिस्थापन बिधयेक सदनमा बिचाराधिन छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: