×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर फर्छ्यौट आयोगका सदस्य चुडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कर फर्छ्यौट आयोगका सदस्य चुडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

Artha Sarokar

११ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका सदस्य चुडामणि शर्मा ढकाललाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सूचित आदेश र कानुनको अख्तियारीको बदनीयतपूर्व प्रयोग गरी १ अर्ब ३३ करोड बर्क्यौता कर छुट दिएको पुष्टी भएपछी अदालतले उनलाई  ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
‘विशेष अदालत ऐन २०५९ को दफा ७ को खण्ड घ बमोजिम प्रतिवादी चुडामणि शर्मा ढकालबाट पचास लाख रुपैयाँ धरौटी माग गरिएको छ,’ विशेष अदालतले आदेशमा भनिएको छ, ‘सो माग भएको धरौटी नगद वा बैंक जमानत दिन सके लिई निजहरुलाई तारेखमा राख्नु र सो दिन नसके मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ (२) तथा दफा ८० बमोजिम थुनुवापूर्जी दिई कारागार कार्यालयमा पठाइदिनु…’
आदेशमा आयोगका सदस्य शर्मासमेतको निर्णयबाट विभिन्न करदाताहरुको कर मिनाह गर्दा बदनियतपूर्वक गरेको भन्ने प्रमाणहरुबाट देखिएपछि यस्तो आदेश जारी गरिएको हो । उनी तत्काल फरार हुने अवस्था नभएको र प्रमाण नष्ट गर्ने अवस्था नरहेको जनाउँदै धरौटी माग गरिएको आदेशमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी