काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । बिहिबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चादीँको मुल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ७ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार ४२ रुपैयाँ कायम गरेको छ ।