×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मध्य भोटेकोशीको ६० लाख कित्ता आइपीओ आइपीओ बाँडफाँड, हेर्नुहोस् कसले कति सेयर पाए ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आज बिहान कम्पनीको आइपीओ बाँडफाँड भएको हो ।
१८० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार सेयर पाएका छन् । १९० कित्तादेखि ४०० कित्तासम्मका लागि आववेदन दिने २ हजार ३१३ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरि १९० कित्तासम्म सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ । यस्तै आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत कुल आवेदकहरुमध्येबाट १० कित्तादेखि ४० कित्तासम्मका लागि आवेदन दिनेले माग बमोजिम र ५० देखि ४०० कित्तासम्म माग गर्नेलाई गोलाप्रथाको माध्यमबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले सेयर पाएका छन् ।
साथै आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म सेयर पाएको पनि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
जसमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएका थिए । आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १४७ जना आवेदक रहेका थिए । आवेदन दिएका ४९ जनाको भने आवेदन रद्द भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: