Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंक र नेपाल उद्योग परिसंघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न, उद्यमीहरुको सिर्जना गरि दिगो विकासमा टेवा पुर्याउने लक्ष्य

अर्थ सरोकार

काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ-वूमन लिडरसिप फोरम (CNI -WLF) ले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो ।  CNI-WLF  संयोजक छाया शर्मा, CNI-WLF सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको उपस्थिती पनि थियो ।

कार्यक्रमको सुरुवात गर्दै CNI-WLF  संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्नुको साथै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोस भन्ने कामना गरेका छन् । साथै उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिएका छन् । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँ गाउँमा पुर्याएर त्यहाँ उद्यमीहरुको सिर्जना गरि दिगो विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताएका छन् । कार्यक्रमको समापन गर्दै नबिल बैंकको संचालक समेत रहेकी CNI – WLF सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पुर्याउन सहयोग गर्ने र आउँदा दिनमा यसलाई अझ बढाउँदै लगिने बताएका छन्।

कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाको बारेमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाको बारेमा साना तथा मझौला कर्जा/लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पार्नु भएको थियो । अन्तरक्रिया दौरान विभिन्न महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो । नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सयूक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK