पाल्पा । जिल्लाकोे रैनादेवी छहरा गाउँपालिका-५ स्थित मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्षसम्म सम्पन्न हुन सकेको छैन । ५१ लाख लगानीमा विसं २०७२ मा निर्माण सुरुआत गरिएको सो भवन निर्माणको जिम्मा डीवी कन्सट्रक्सनले लिएको थियो । क्रमागत बजेटमा काम थालेको र पहिलो वर्ष काम भए पनि दोस्रो वर्षदेखि हालसम्म काम रोकिएको स्थानीय बासिन्दा पदम सोमैले जानकारी दिनुभयो ।
छ वर्षका अवधिमा स्वास्थ्य चौकी निर्माणाधीन क्षेत्रमा घाँसको झाडी मात्र छ । तत्कालीन शान्ति मन्त्रालयको बजेटमार्फत सञ्चालित आयोजना कुन मन्त्रालयले काम गर्ने भन्ने अझै टुङ्गो नहुँदा अधिकांश योजना अलपत्र अवस्थामा छन् । एक करोड ४० लाख बजेट विनियोजन गरी सो स्वास्थ्य सस्थाको पुनः निर्माण सम्पन्न गर्न बोलपत्र आह्वान प्रक्रिया भइसकेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्