×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोत्तम सिमेन्ट प्रकरणमा छानविन समितिको प्रतिवेदन अन्तिम चरणमा, ढुंगाना बर्खास्त हुने भए कि भएनन् ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

सर्वोत्तम सिमेन्ट प्रकरणमा छानविन समितिको प्रतिवेदन अन्तिम चरणमा, ढुंगाना बर्खास्त हुने भए कि भएनन् ?

काठमाडौँ । सर्वोत्तम सिमेन्ट प्रकरणमा छानविन गर्न बनेको उच्च स्तरीय छानविन समितिको प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार यश प्रकरणमा सम्बन्धित व्यक्तिहरुको बयान लिने, त्यसलाई कानुनसँग जोडेर विश्लेषण गर्ने लगायतका काम सकिएको छ भने प्रतिवेदनलाई अन्तिम रुप दिने काम सुरु भएको छ । केही छुटपुट र औपचारिकतामा आधारित कामहरु भने सँगसँगै गर्न थालिएको बुझिएको छ ।
अर्थ सरोकारलाई विश्वस्त स्रोतले दिएको जानकारी अनुसार बोर्डका अध्यक्षले उनले दाबी गरेझैँ कानुनको बर्खिलाप नगरे पनि, उनले गरेको काम नैतिक रुपमा गलत भएको र प्रचलित अन्य कानुनलेसमेत यस्तो काम गर्न बन्देज लगाएका हुनाले उनलाई बर्खास्त गर्नुपर्नेगरी सरकारलाई सिफारिस गर्ने समितिको तयारी छ ।
ढुंगानाले स्वार्थ बाझिने गरी सर्वोत्तम सिमेन्टको सेयर छोरी रेबिका ढुंगानाको नाममा ४०३३९१८९ देखि ४०३५११०० सम्मको ११ हजार ९१२ कित्ता सेयर किनेको भेटिएको थियो । उनले व्यक्तिगत लाभका लागि स्वार्थ बाझिने गरीसर्वोत्तमको सेयर ‘गोल्डन सेयर’ किनेको तथ्य फेला परेपछि उनलाई सम्बन्धित निकायले बोलाएरसमेत अनुसन्धान गरेको थियो । र पछिलो समयमा उनलाई सरकारले निलम्बन गरी छानविन गरिरहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: