×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिनर्जी पावर डेभलपमेन्टको वार्षिक साधारणसभा १८ गते, १० प्रतिशत बोनस सेयरपछि ५०% हकप्रद जारी गर्ने प्रस्ताव पेस हुने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको वार्षिक साधारणसभा भदौ १८ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बालुवाटारमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । कम्पनीले सभामा १०% बोनस सेयरपछि ५०% हकप्रद जारी गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
कम्पनीको साउन २४ गते बसेको सञ्चालक समिति बैठकले निर्णय गरे बमोजिम बोनस र हकप्रद जारी गर्ने प्रस्ताव सभामा पेश हुन लागेको हो । प्रस्तावित १०% बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ ।
यस्तै सभामा बोनसपछि कायम हुने चुक्ता पूँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ । सिनर्जीले हाल कायम चुक्ता पूँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको १०% बोनस प्रस्ताव गरेको हो । उक्त बोनसपछि यसको चुक्ता पुँजी ७९ करोड ६५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । सोही पुँजीको ५०% हकप्रद जारी हुनेछ ।
हकप्रद भने सभाले पारित गरी नियामक निकायबाट स्वीकृति पाएपछि मात्र जारी हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: